चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको नेतृत्व पुनः खड्काले सम्हाल्ने
हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको अध्यक्षमा पुनः कपिल खड्का चयन भएका छन्। शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट खड्कालाई पुनः नेतृत्वको जिम्मेवारी दिइएको हो।
साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। जसअनुसार उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोज देवकोटा, सह–सचिवमा मञ्जिता मैनाली र कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन्।
यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी रहेका छन्।


पालिका संचारकर्मी 







