मनहरी २ मा जारी नकआउट फुटबल प्रतियोगिता : आज खैराङ र सिमलटारसहित चार टोली भिड्दै
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा जारी नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज (कात्तिक १७ गते) पनि खेलहरू सञ्चालन हुँदैछन् । वडा नम्बर २ खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा आज दुई खेल हुने तालिका रहेको छ ।
प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा खैराङ एफसी मनहरी–२ र सिमलटार एफसी हेटौँडा–११ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ ।
त्यस्तै, आजै दिउँसो ३ बजे तपोवन एफसी हेटौँडा–१९ र रियल स्टार एफसी हेटौँडा–१२ बीच अर्को खेल हुनेछ ।
१२ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताका खेलहरू नकआउट प्रणालीमा सञ्चालन भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल कात्तिक २१ र २२ गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

पालिका संचारकर्मी 






