नेपाली बजारमा सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार १३० रुपैयाँ रहेको छ।

पालिका संचारकर्मी 






