नेपाली बजारमा सुनचाँदी महँगियो, सुनको मूल्य २ लाख ८३ हजार नाघ्यो

पालिका संचारकर्मी
१३ कार्तिक २०८३, बिहीबार १२:३२

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो।

मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।