बजारमा सुनको मूल्य ९ हजार ३ सय र चाँदी २६० रुपैयाँले बढ्यो

पालिका संचारकर्मी
१८ भाद्र २०८३, बिहीबार ११:५४

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य एकैदिन ९ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।