अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशीको ज्यान गयो
सोलुखुम्बु । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार फिस्टेल एयर र एयर डाइनेष्टीका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको अवस्था र पहिचानबारे थप विवरण सार्वजनिक हुन बाँकी छ । हेलिकोप्टरमा कति जना सवार थिए भन्ने पनि खुल्न सकेको छैन ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






