बागमती प्रदेश लोकसेवा आयोगमा पुनम घिमिरे नियुक्त, प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

पालिका संचारकर्मी
३ चैत्र २०८२, मंगलवार ०८:४५

मकवानपुर — बागमती प्रदेश लोकसेवा आयोगको सदस्य पदमा पुनम घिमिरे नियुक्त भएकी छन्। काठमाडौं–१० नयाँबानेश्वर निवासी घिमिरेलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले सोमबार औपचारिक रूपमा नियुक्त गरेका हुन्।

नियुक्तिपछि आज आयोजित एक कार्यक्रमबीच आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ ले घिमिरेलाई प्रदेश प्रमुखको कार्यालयमै पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा लगायतका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।