धुम्म काठमाडौँ (तस्बिरहरू)

पालिका संचारकर्मी
२१ मंसिर २०८०, बिहीबार १२:३२

काठमाडौँ । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले कुहिरो लागेको छ भने तापक्रम पनि १० डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न चेतावनी समेत दिएको छ । 
महाशाखाका अनुसार भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने छ । यस्तै शनिबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*