रसुवाको बाढीपछि मकवानपुर भीमफेदीका सबिन राना मगर सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
मकवानपुर । रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेका सबिन राना मगर बाढीपछि सम्पर्कविहीन भएका छन्।
रसुवामा आएको विनाशकारी बाढीपछि परिवार तथा आफन्तसँग उनको सम्पर्क टुटेको हो। बाढीपछि उनको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।
परिवारले सबिनको खोजीमा सहयोग गरिदिन आग्रह गर्दै उनलाई देख्ने वा उनीबारे कुनै जानकारी पाउनेले नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरेको छ।
सम्पर्क : ९८६६३७१८८३

पालिका संचारकर्मी 





