सोमबार तोलामा ३ हजारले घट्यो सुन

पालिका संचारकर्मी
४ फाल्गुन २०८२, सोमबार ११:१५

मकवानपुर – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।