भोर्लेनीमा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा बिहीबारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको गाउँपालिका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभएको हो।
प्रतियोगिता संयोजक शरण रुम्बाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्कबहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोखरेल, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष कमानसिं पाख्रिन, वडा नम्बर ५ का अध्यक्ष विजयकुमार भोलनलगायतको उपस्थिति थियो।
त्यस्तै वडा नम्बर १ का कार्यवाहक अध्यक्ष हस्तबहादुर थिङ, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, पालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङ तथा नेकपाका नेता ज्ञानसागर भोलनलगायत सहभागी थिए।
कार्यक्रमको सहजीकरण समाजसेवी एवं युवा नेता दीपक वाईबाले गर्नुभएको थियो।

पालिका संचारकर्मी 






