हेटौंडासहित देशभर आंशिक बदली, गण्डकीका उच्च क्षेत्रमा हल्का वर्षा र हिमपात
४ फागुन, हेटौंडा – नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न स्थानमा मौसममा सामान्य परिवर्तन आएको छ।
हाल गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसमविद्ले जनाएका छन्। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज तराई क्षेत्रका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।


पालिका संचारकर्मी 






