मकवानपुरको भीमफेदी जुरिखेतमा कार दुर्घटना: तीन जना घाइते
भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत हेटौंडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा कार चालकसहित तीन जना घाइते भएका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकको अस्पताल पठाइएको छ। हालसम्म घाइतेहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

पालिका संचारकर्मी 






