हेटौँडामा खैरो हेरोइनसहित तीन जना पक्राउ

पालिका संचारकर्मी
११ माघ २०८२, शनिबार ०९:२२

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित फारलाईन सेल्फी रोडबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो हेटौँडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटो जाँच गर्ने क्रममा ४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय उमेश विक, वडा नम्बर ४ का ५० वर्षीय देब लामा तथा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ केराबारीकी २९ वर्षीया सिर्जना दोङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।