आज सृजनशिल नेपालको दोस्रो अधिवेशन तथा सातौ वार्षिक साधारणसभा हेटौंडामा

पालिका संचारकर्मी
२७ पुष २०८२, आईतवार १९:२९

हेटौंडा । सृजनशिल नेपालको दोस्रो अधिवेशन तथा सातौ वार्षिक साधारणसभा आज हेटौंडामा भएको छ । संस्थाकी अध्यक्ष शान्ता बरालको अध्यक्षता तथा समाजसेवी रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

दा्स्रो अधिवेशनले शान्ता बरालको अध्यक्षतामा सात सदस्य कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा रिता ढुंगेल, सचिबमा रमिता मोइराला, सहसचिबमा ृसजना पाठक, कोषाध्यक्षमा खड्ग कुमारी सिल्वाल, सदस्यहरुमा हरि हुमागाईं र समा पराजुली चयन भएका छन् ।

साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रस्तावित कार्ययोजनाहरु पारित गरेको छ । साधारणसभाका अवसरमा संस्थाका कर्मचारी मध्यमा उत्कृष्ट कर्मचारी लेखापाल मनिशा श्रेष्ठलाई सम्मान पनि गरिएको छ ।