सुनको मूल्य २ दिनमा ८ हजार ९ सय बढ्यो
नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ । दुवैको मूल्य बढेर आज अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ । सुनको यो मूल्य हालसम्मकै महँगो हो । सोमबार पनि सुन तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो । गएको शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य दुई दिनमा आठ हजार नौसय रुपैयाँ बढेको हो ।
आज चाँदीको मूल्य तोलामा एकसय तोलामा २० रुपैयाँ बढेरको छ । चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो । विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ ।

पालिका संचारकर्मी 






