मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पालिका संचारकर्मी
११ पुष २०८२, शुक्रबार १४:१५

चितवनमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा चितवनकै माडी नगरपालिका-१ गर्दीका २० वर्षीय तृशल महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रत्ननगर नगरपालिका-९ टिकौली जंगलनजिक दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो दुवै घाइते भएका थिए ।

त्यसपछि सेन्ट्रल अस्पताल लगिएकामा उपचारका क्रममा तृशलको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको भने उपचार जारी छ।