हेटौँडामा लागूऔषधसहित दुई जना पक्राउ

पालिका संचारकर्मी
७ मंसिर २०८२, शनिबार १८:४९

हेटौँडा । मकवानपुरको हेटौँडाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट खैरो हेरोइन १ सय १० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका–८ कामने घर भएका २७ वर्षीय अमिर प्रधान र मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरी घर भएकी १९ वर्षीया इन्सुमा गोले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अमिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।