मकवानपुरमा मोटरसाइकल दुर्घटना, हेटौँडाका बिर बहादुरसहित दुई जनाको मृत्यु

पालिका संचारकर्मी
२ मंसिर २०८२, सोमबार १०:०८

मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–१ बुङदलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ७ बजेको समयमा बुङदल खोलाको पुल माथिबाट करिब ५० फिट तल मोटरसाइकल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीषक पुष्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार, बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल सुपारेटार ब्यारेकतर्फबाट सामरी–धादिङतर्फ (पश्चिमबाट पूर्वतर्फ) जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयहरूले जानकारी गराएपछि तत्काल प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षणको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनास्थलमौैै पुगेको टोलीले प्रारम्भिक मुचुल्का कार्य पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली समेत परिचालन गरिएको छ । सडकको प्रकृति र अवस्था हेर्दा दुर्घटना रातमै भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

साथै घटनाको अनुसन्धानका लागि प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा ९९८५५०४५५५५० को कमाण्डमा अर्को टोली पनि खटाइएको छ । उक्त दुर्घटनामा परेर हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल निवासी ३९ वर्षीय बिर बहादुर गुरुङ र पूर्वी नवलपरासी कावासोति–१३ घर भई हाल हेटौँडा–२ चौकीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरुङ रहेका छन् । तीमध्ये बिर बहादुर मोटरसाइकल चालक र चन्द्र बहादुर मोटरसाइकलका पछाडी सवार रहेको बुझिएको छ ।