घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
हेटौंडा। नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पालिका संचारकर्मी 






