आज कति छ सुनचाँदीको मूल्य ?

पालिका संचारकर्मी
२६ श्रावण २०८२, आईतवार ११:१७

हेटौंडा। २५ श्रावण २०८२, आईतवार अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३३० रुपैयाँ पुगेको छ ।