तोलामा ४ सय बढ्यो सुन
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ आज स्थिर छ । प्रतितोला २२८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

पालिका संचारकर्मी 






