तोलामा १३ सय घट्यो सुन

पालिका संचारकर्मी
१ श्रावण २०८२, बुधबार १२:३५

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २२७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २३१५ रुपैयाँ पुगेको थियो ।