सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुग्यो

पालिका संचारकर्मी
१९ असार २०८२, बिहीबार १५:५०

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।