सुनको भाउ घट्यो, कतिमा भइरहेछ कारोबार ?
काठमाडौं। बहुमूल्य धातु सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको भाउ आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

पालिका संचारकर्मी 






