तोलामा १ हजार घट्यो सुन
काठमाडौं । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिलो सुनचाँदीको मूल्य तय गरेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १४० मा झरेको छ ।

पालिका संचारकर्मी 






