सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

पालिका संचारकर्मी
८ असार २०८२, आईतवार ११:४१

काठमाडौं।  स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।