सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

पालिका संचारकर्मी
४ असार २०८२, बुधबार ११:३०

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बुधबार ह्वात्तै बढेको छ । मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।