सुन तोलामा ६ सय घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड

पालिका संचारकर्मी
२८ जेष्ठ २०८२, मंगलवार ११:३६

काठमाडौं। मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।