आज कति छ सुनचाँदीको मूल्य ?

पालिका संचारकर्मी
२७ जेष्ठ २०८२, सोमबार ११:२६

काठमाडौँ। २६ जेष्ठ २०८२, सोमबार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।