सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

पालिका संचारकर्मी
१६ जेष्ठ २०८२, बिहीबार १०:४२

काठमाडौँ।१६ जेष्ठ २०८२ नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ ।