तोलामा २ हजार ९ सय बढ्यो सुन
काठमाडौं। मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो । चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

पालिका संचारकर्मी 






