सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पालिका संचारकर्मी
५ जेष्ठ २०८२, आईतवार १२:३७

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुनको मूल्य बढेको थियो । उक्त दिन ३ हजार रुपैयाँले बढेको सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।