यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका १० कम्पनी

पालिका संचारकर्मी
३ जेष्ठ २०८२, शुक्रबार १५:३६

काठमाडौं। यो साता सेयर बजार १.८७ प्रतिशत अर्थात् ५० अंक घटेको छ । गत साता २६६१ अंकमा बन्द भएको बजार यो साता २६११ मा झरेको छ । यो साता कारोबार भएका चारै दिन बजार घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । पहिलो दिन आइतबार १२.५३ अंक घटेको बजार मंगलबार १.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंक घट्यो । बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार १० अर्ब २० करोडको कारोबार भएकोमा मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड तथा बिहीबार ७ अर्ब ८ करोडमा खुम्चियो । यो साता होटल तथा पर्यटन सेक्टरले राम्रो प्रदर्शन गरेको छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ७.३० प्रतिशत बढ्यो । साथै विकास बैंक समूह १ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर यो साता घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।