सुनको मुल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

पालिका संचारकर्मी
४ मंसिर २०८०, सोमबार १३:२९

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार  दिन सोमबार सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।