नेविसंघको दबदबा रहेको धनगढीको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी
कैलाली । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
नेविसंघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।
सभापतिमा कुबेर खड्का, उप–सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप–सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरूमा शरद बराल, उमेश बम, मिनाकुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् ।
कैलाली सदरमुकाममा रहेको धेरै विद्यार्थी बढ्ने ऐश्वर्यमा पहिलो पटक पुरै प्यानल विजयी भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य रोहित बमले जानकारी दिए। यस अघि यहाँ नेविसंघले जित्ने आएको थियो ।a

पालिका संचारकर्मी 





