हेटौँडा–११ को सिमलटार युवा क्लबमा पुडासैनी पुनः अध्यक्ष
मकवानपुर । सिमलटार युवा क्लब हेटौँडा–११ को अध्यक्षमा प्रभाकर पुडासैनी पुनः निर्विरोध चयन भएका छन्। क्लबको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुडासैनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जितेन स्याङ्तान, सचिवमा अजयप्रसाद कुर्मी, सहसचिवमा उमेश बस्नेत र कोषाध्यक्षमा उज्ज्वल श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा विष्णु भोम्जन, गौतम कार्की, भोला पुन मगर र बसन्त भुर्तेल निर्विरोध निर्वाचित भएका छन्।
हेटौँडा–११ स्थित थानाभर्याङ सिमलटारमा आयोजित अधिवेशन क्लबका अध्यक्ष प्रभाकर पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पत्रकार गोविन्दप्रसाद न्यौपाने, श्री शङ्कर ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिं तितुङ (विकास) लगायतको उपस्थिति रहेको थियो।
पुनः अध्यक्षको जिम्मेवारी पाएका पुडासैनीको नेतृत्वमा क्लबले आगामी दिनमा सामाजिक कार्य तथा युवालक्षित गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 






