हेटौंडाको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अन्तराष्ट्रियस्तरमा सम्मानित
मकवानपुर । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो ।
बुधबार कलेजले विज्ञप्तिमार्फत सम्मानित भएको जानकारी दिएको छ । एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताए ।
एक्सपर्टले टोरेन्स युनिभर्सिटी प्लाटिनम एजेन्ट-२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान-२०२१, कप्लान विजनेस स्कूल एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१, कम्युनिटी इन्गेजमेन्ट साउथ एशिया एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१, आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल) इडिथ काउन युनिभर्सिटी (लगातार दुई वर्षदेखि) हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटी २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटी प्लाटिनम लेभल , होम्स इस्टिच्युट टप पर्फनिङ एजेन्ट-२०२१, वेस्र्टन सिड्नी युनिभर्सिटी प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा यस प्रकारका अवार्डले आफूहरुलाइ निरन्तर हौसला मिल्दै आएको र थप जिम्मेवार बनाएको जनाइएको छ। ‘विगत लामो समयदेखि हामीलाई साथसहयोग दिँदै अटुट विश्वास गरी यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थीवर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं, यहाँहरुको साथ, सहयोग, सुझाव र मार्गदर्शनबिना पक्कै पनि यी उपलब्धिहरु सम्भव हुने थिएनन् । भविष्यमा पनि तपाइँहरुको यस्तै विश्वासको आशा राख्दै हाम्रो सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दर्छौ’ विज्ञप्तीमा भनिएको छ ।

पालिका संचारकर्मी 







