प्रगति माविले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाइँदै
पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो ५० वर्षको गौरवपूर्ण यात्रालाई स्वर्ण जयन्ती महोत्सवको रूपमा उत्सव मनाउने तयारी गरिरहेको छ। विद्यालयले स्थापना भएको वि.सं. २०२२ देखि अहिलेसम्मका उपलब्धिहरू र योगदानलाई स्मरण गर्दै भौतिक पूर्वाधार, शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा गरेको योगदानलाई पनि उजागर गर्ने योजना बनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेका अनुसार, २०८२ साल माघ ५ गतेदेखि माघ ९ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरिनेछ। महोत्सवको क्रममा विद्यार्थी र शिक्षकहरूको सहभागितामा जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, शिक्षक सम्मेलन, विद्यार्थी साइकल र्याली, मानवसेवा आश्रम सहयोग र विद्यालय परिसर सरसफाइ जस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्।
स्वर्ण जयन्तीको मुख्य दिन विद्यालयले स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम र सांस्कृतिक प्रस्तुतिहरू आयोजना गर्नेछ। साथै साहित्य सम्मेलन, विद्यार्थी र अभिभावकका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थी पुरस्कार वितरण र पूर्व विद्यार्थी सांस्कृतिक प्रस्तुति पनि महोत्सवको विशेष आकर्षण हुनेछन्।
यो महोत्सवले न केवल विद्यालयको ५० वर्षको यात्रा मनाउनेछ, तर शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक सहकार्यमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

पालिका संचारकर्मी 






