माघे सङ्क्रान्ति मेला: प्लास्टिक निषेधित, सुरक्षित व्यवस्थापनमा जोड
मकवानपुर–तनहुँ–चितवन सिमानामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा यस वर्षको माघे सङ्क्रान्ति मेला व्यवस्थित र सुरक्षित बनाउने तयारी तीव्र भएको छ। मेलाको व्यवस्थापनका लागि १५१ सदस्यीय मूल समिति र १९ वटा उपसमितिहरू गठन गरी स्वयंसेवक परिचालन, सरसफाइ, शौचालय, खानेपानी, डुङ्गा र सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छ।
देवघाट क्षेत्र विकास समितिले पुस ११ गतेदेखि क्षेत्रलाई प्लास्टिक निषेधित घोषणा गरेको छ। अध्यक्ष डा ईश्वरीराज लौडारीले भक्तजनहरूलाई प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्दै, जैविक र वातावरणमैत्री विकल्प प्रयोग गर्न सुझाएका छन्।
यस अवसरमा देश–विदेशबाट ठूलो सङ्ख्यामा श्रद्धालु भेला हुने अपेक्षा गरिएको छ। ज्योतिषीय हिसाब अनुसार माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्दा अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

पालिका संचारकर्मी 







