मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने
मकवानपुरको कैलाश गाउँपालिका वडा १० गोपीराङमा तामाङ र चेपाङ समुदायका १० घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई समयसीमा भित्र निर्माण पूरा गर्न निर्देशन दिएका छन्। वडा अध्यक्ष सुर्यबहादुर ब्लोनले शौचालय निर्माणपछि बालबालिका र वयोवृद्धलाई सहजता हुने बताए।
पहिलो चरणमा १० घरधुरी, दोस्रो चरणमा बाँकी घरधुरीका लागि निर्माण सामग्री वितरण गरिने छ। बाल विकास कार्यक्रम नेपालले आवश्यक सामग्री सहयोग गरेको हो।
सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवा लगायतका सामग्री हस्तान्तरण गरिएको र २५ दिन भित्र निर्माण सम्पन्न गर्न भनिएको छ।

पालिका संचारकर्मी 






