भुटनदेवी मावि शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहिलो सामुदायिक विद्यालय
हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले सामुदायिक शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। विद्यालयले आफ्नै स्रोत परिचालन गरी निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।
विशेष कार्यक्रममा सामाजिक सुरक्षा कोष अभियानका अभियन्ता विनोद श्रेष्ठले कार्ड वितरण गर्दै समुदायका विद्यालयहरू पनि श्रम अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न सक्षम हुने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले दीर्घकालीन सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित भएको र यस कदमले अन्य सामुदायिक विद्यालयलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
यस कदमलाई शिक्षा र श्रम अधिकारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि र उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ।

पालिका संचारकर्मी 






