‘जबजका आयाम’ नामक पुस्तक हेटौंडामा लोकार्पण
मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा प्रकाशित ‘जबजका आयाम’ नामक पुस्तक शुक्रबार हेटौंडामा लोकार्पण गरिएको छ। जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, दर्शन र बहसलाई समेटेर पुस्तक तयार पारिएको हो।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।
३१४ पृष्ठको उक्त पुस्तकमा जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकास, नेपाली राजनीतिमा यसको प्रयोग, चुनौती र सम्भावनाका साथै लेख, कविता, अन्तरवार्ता र मकवानपुरको कम्युनिस्ट आन्दोलनसम्बन्धी सामग्री समावेश गरिएको छ।

पालिका संचारकर्मी 






