मकवानपुरको बकैया–७ मा ट्र्याक्टर पल्टिँदा ३ जनाको ज्यान गयो, १९ घाइते
मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेका घाइतेलाई हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार अस्पताल पुर्याइएलगत्तै बकैया–७ का केशव माझी, युवराज माझी र सन्तलाल माझीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूको उपचार जारी छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






