भीमफेदीको खहरे खोलामा अड्किएकी एक बालिकाको उद्धार

पालिका संचारकर्मी
१० मंसिर २०८२, मंगलवार ११:५७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक सोमबार साँझ भीरबाट खसेर खहरे खोलामा अड्किएकी एक बालिकाको प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ ।

स्थानीय छबेली बस्ने हिरा स्याङ्तानकी १४ वर्षीया छोरी रजना स्याङ्तानको खोल्सामा अड्किएर बसिरहेको अवस्था उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरी नायव उपरीषक बोगटीका अनुसार, हिजो मंसिर ८ गते साँझ ८ बजेको समयमा उनी घरबाट छबेली बजार जाँदै गर्दा अचानक करिब ५० मिटर तल खहरे खोलाको भीरमा खसेकी थिइन् । सोही क्रममा खोल्सामा अड्किएर बसिरहेको अवस्था देखिएको थियो ।