तोलामा ६ सय रुपैयाँ बढ्यो सुन, घट्यो चाँदी
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ बढे पनि चाँदी घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज प्रतितोला १ हजार ९१० रुपैयाँमा झरेको छ ।

पालिका संचारकर्मी 






