विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
विराटनगर। यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
१. विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला
२.विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का
३.विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी
४.विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५. दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६.विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७. विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८.बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९. कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०. बुढिगंगा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की
११.बुढिगंगा गाउँपालिका–१ का २१ वर्षीय सुनिल दाहाल
१२. विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डल

पालिका संचारकर्मी 






