घट्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार?

पालिका संचारकर्मी
९ चैत्र २०८१, आईतवार १०:४१

काठमाडौं । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो । चाँदीको भाउ ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँमा झरेको छ ।