सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।

पालिका संचारकर्मी 






