लगातार बढेको सुनको मूल्य आज घट्यो

पालिका संचारकर्मी
२३ फाल्गुन २०८१, शुक्रबार ११:३२

हेटौंडा। नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।